![](https://www.purbicommand.com/wp-content/uploads/2025/01/jci.jpeg)
सिजुवा । मोरङको रतुवामाई जेसीजको अध्यक्षमा खेमराज खड्का सर्वसम्मत चयन हुनुभएको छ ।
शनिबार भएको निर्वाचनमा अध्यक्षमा खड्काको मात्रै उम्मेद्वारी परेपछि सर्वसम्मत निर्वाचित हुनुभएको हो । त्यस्तै, कार्यकारणी उपाध्यक्षमा सुवास घिमिरे, बबिन भण्डारी, उपाध्यक्षमा रामनाथ तिवारी, रोहिणीरमण निरौला, पार्वती सोरेन, मोहम्मद समसेर र तालिम संयोजकमा घनश्याम गिरी सर्वसम्मत चयन हुनुभएको निर्वाचन आयुक्त वासु घिमिरेले जानकारी दिनुभयो ।