उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघको भदौंमा हुने निर्वाचनमा मोरङको उर्लाबारी–७ का ब्यवसायी दशरथ यादब (बेचन) ले कोषाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।
वर्तमान कार्यसमिति सदस्यसमेत रहनुभएका यादब सामाजिक सञ्जालमार्फत कोषाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो । ब्यवसायी तथा उद्योगीहरुको समस्या समाधानमा सधैं अग्रमोर्चामा रहेर काम गर्दै आउनुभएका यादब नेपाली कांग्रेसनिकट ब्यवसायी हुनुहुन्छ । पार्टीले अध्यक्षमा तारामान सेरेङलाई टिकट दिइसकेको छ भने अन्य पदका बारेमा छलफल गरिरहेको छ । यसैक्रममा यादबले कोषाध्यक्षमा उम्मेद्वारीको घोषणा गर्नुभएको छ । उहाँले उर्लाबारी–७ मा ऊँ कोल्ड सेन्टर सञ्चालन गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय