दिपेन्द्रबहादुर बराईली
मंगलबारे (उर्लाबारी),  मोरङको उर्लाबारी–३ स्थित अस्थायी प्रहरी चौकी मंगलबारेमा काली मन्दिरको शिलान्यास गरिएको छ ।
बुधबार राम नवमीको अवसरमा उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेल र ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी गणेशबहादुर श्रेष्ठले संयुक्त रुपमा मन्दिरको शिलान्यास गर्नुभएको हो । सहयोगी दाताहरुबाट रकम संकलन गरेर चौकी परिसरको पश्चिमपट्टिको खाली जग्गामा करिब ७ लाखको लागतमा उक्त मन्दिर बन्ने भएको अध्यक्ष समिर कुईकेलले जानकारी दिनुभयो । अध्यक्ष कुइँकेलले मन्दिर निर्माणको लागि आर्थिक संकलन गर्न सुरु गरेको भन्दै सहयोगको अपिल गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय