
मिक्लाजुङ । नेपाली कांग्रेस प्रदेश १ का सह–महामन्त्री खड्ग फागोले मोरङको मिक्लाजुङ–१ मा नेपाली कांग्रेसको पार्टी कार्यालय उद्घघाटन गर्नुभएको छ ।
सह–महामन्त्री फागोले शनिवार मोरङका १७ स्थानिय तह मध्ये अर्धपहाडी भूगोल समेटिएको मिक्लाजुङ गाउँपालिकाको वाड नम्वर–१ आइतबारे स्थित बैकुण्ठे बजारमा रहेको पार्टी कार्यालयको एक कार्यक्रमका बीच उद्घघाटन गर्नुभएको हो । कार्यक्रमका प्रमुख अथिति समेत रहनुभएका फागोले कार्यालयको उद्घघाटन गर्दै नेपाली कांग्रेस समग्र मिक्लाजुङ बासीको दुःखको सारथी बन्नु पर्ने धारणा राख्नुभयो । उहाँले रमितेबासीले वर्षौँ देखी भोग्दै आएका खानेपानी, विधुत, स्वास्थ्य, शिक्षा र बेरोजगारीका समस्याहरुलाई निराकरण गर्नका लागि लागि पर्ने बताउनुभयो । नेपाली कांग्रेस मिक्लाजुङ वडा नम्वर–१ का सभापति राजकुमार राईको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एमाले परित्याग गरि ओखलढुंगाका अतित राईको नेतृत्वमा १७ जना र मकारा तथा बर्खेबाट रमेश राई र विशाल श्रेष्ठ गरी १९ जना नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । नवप्रवेशीहरुलाई सह–महामन्त्री फागोले अविर, खादा र सदस्यता वितरण गरेर पार्टीमा स्वागत गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरु राम पोख्रेल, मातृका न्यौपाने, मोरङ क्षेत्र न १ (क) सभापती नरबहादुर मोक्तान, मिक्लाजुङ सभापति बबीकुमार राई, क्षेत्रीय सचिवद्वय पर्वत राई र भीम पोख्रेल, मिक्लाजुङ उपसभापतिद्वय भवानी राई र खगेन्द्र मादेनलगायतको उपस्थिति रहेको थियो ।