उर्लाबारी । गायिका प्रिती आले मगरले मोरङको उर्लाबारीमा धमाकेदार प्रस्तुति दिनुभएको छ ।
उर्लाबारीमा जारी प्रादेशिक औद्योगिक ब्यापार कृषि तथा पर्यटन महोत्सव–२०७९ मा गायिका आलेले दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्नुभयो । राष्ट्रिय ख्याति प्राप्त चर्चित लोकदोहोरी तथा व्याटल गायिका प्रीतिले के भनो न बन सोझो फुच्चे केटो प्रीति आले संग निहूँ खोजो भन्ने व्याटल गितमा युवायुवतीहरुले नाँचेर भरपुर मनोरञ्जन लिएका थिए । २१ माघ देखि सुरु भएको महोत्सवको महोत्सवमा दर्शकहरुको बाक्लो उपस्थिती रहेको छ । उर्लाबारी उर्लाबारी उद्योग बाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सव माघ २९ गतेसम्म चल्ने छ ।
यस्तै आज चर्चित गायिका रचना रिमालको प्रस्तुति रहने महोत्सव संयोजक चन्द्रबहादुर भट्टराई भरतले बताउनुभयो । उक्त महोत्सव विहान ११ बजेदेखी दिउँसो ३ बजेसम्म निःशुल्क अवलोकन गर्न सकिने सह–संयोजक प्रितम खड्गीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय