मोरङ्ग पथरीका दिपेन्द्रराज तिम्सिनाले भने भुटानी शरणार्थी वारेको इतिहास समेटिएको पुस्तकलाइ पाठक समक्ष ल्याएका छन् ।
दिपेन्द्रराज तिम्सीनालाई एक दशक अघि सम्म पत्रिकामा कुन समाचार कुन पातोमा राख्ने भन्ने ध्याउन्न हुन्थयो । ६०को दशकमा सक्रिय पत्रकारीता गरेका तिम्सीना पछिल्लो समय पत्रकार वाट पुस्तक लेखक र संकलकका रुपमा आफ्नो परिचय वदल्ने प्रयासमा छन् । आफुले लेखेका संकलन गरेका पुस्तक चर्चित भए पनि नभएपनि दिपेन्द्र निरन्तर पुस्तक प्रकाशन गरिरहेका छन् । २०६८ सालमा टेलिफोन डायरी नामको पुस्तकलाई वजारमा ल्याएका तिम्सीनाले यस पछि करिव दर्जन पुस्तक लेखिसकेका छन् ।

कुनै वेला समाचार संकलनका लागी भ्याइ नभ्याइ गर्ने उनी अहिले पुस्तकका सन्दर्भ सामाग्री संकलन गर्न, त्यसको अनुसन्धान गर्न र त्यस विषयमा अध्यायन गर्न व्यास्त हुन्छन् । कोरनाकालमा समेत सृजनात्मक काममा लगाएका तिम्सीनाले त्यहि वेला दुई पुस्तकलाई वजारमा ल्याए । झापा र मोरङ्गमा वसोवास गरिरहेका धिमाल जाती वारे पुस्तक लेखेका उनीले अहिले झापा र मोरङ्गमै वसोवास गर्ने भुटानी शरणार्थी वारे पुस्तक तयार पारेका छन् । सधै हतारमाहुने तिम्सीनाले पछिअल्अलो अपअअअटक अअभमुटानी शरणार्थीको कथालाई पुस्तकका रुपमा उतारेका छन् । ‘माईखोला देखी पुर्नवाससम्म’नामको पुस्तकलाई हालैमात्र पाठकको हातमा ल्याएपछि यो कृती अव तिम्सिनाको मात्र भएको छैन् पाठकको पनि भएको छ ।
नेपाल र भुटानको इतिहास देखी नेपालीहरुको भुटान प्रवेश मात्रै खोज गरेका छैनन् यो पुस्तकका लेखकले नेपाल भाषी भुटानीको शरणार्थी जिवनलाई समेत शव्दका रुपमा उतारेका छन् । करिव २ दशक भन्दा वडि समय देखी झापा र मोरङ्गका शरणार्थी शिवीरमा शरणार्थीका रुपमा रहेर जिवन यापन गरेका तिनै भुटानी शरणार्थीका वारेमा खोजमुलक पुस्तक प्रकाशित गर्नु चानचुने काम हैन् । सिमीत श्रोत साधनको प्रयोगले नेपाली भाषी भुटानीहरुको इतिहास लेख्न सकेका छन् तिम्सीनाले ।
समयकालमा कमै लेखीने यस्ता इतिहास आज भन्दा भोलीका दिनमा थप महत्वपुर्ण संग्रह हुनेछ । यो पूस्तकका के छ त ? नेपाल भुटान गोरखा राज्यदेखिको सम्बन्धको इतिहास उक्काएका छन् तिम्सीनाले पुस्तकका त्यो वाहेक भुटानी राजाको जन्म नेपालमा भएको इतिहास देखि पृथ्वीनारायण शाहको जन्म भुटानी तान्त्रिक लामाद्वारा गरिएको इतिहास सम्म यो पुस्तकमा संग्रहित गरेका छन् । हाम्रा धार्मिक सम्पदाहरुमा भुटानीहरुको सम्वन्ध के थियो भन्ने जान्न पनि यो पुस्तक पढन आवश्यक छ जहा खोटाङ्ग हलेसी मन्दिर, गुरु पद्मसम्भवले जोडेको धार्मिक सम्बन्धका वारेमा लेखिएको छ । यहि पुस्तकमा नेपाल भाषी भुटानीहरुमा भुटानी राज्यसत्ताले भुटानमा गरेका चर्चित हत्याकाण्डहरुका वारेमा पनि लेखिएको छ । नेपाल भाषी भुटानी शहिद र राजवन्दी वारे लेखिएको पुस्तक वास्तवमा यो एउटा पुर्ण प्याकेज हो भनेर भन्न कन्जुस्याइ गर्नु हुन्न ।
नेपाली भाषी भुटानीहरु कसरी नेपाल लखेटिएका थिए । त्यसपछि माईखोला बगरमा सुरुको कष्टकरपुर्ण बसाइँ कस्तो थियो । स्वदेश फिर्तिको लागि शरणार्थीले गरेका आन्दोलनका वारेमा पुस्तकमा संग्रहित गरिएको छ । इतिहास केलाउने क्रममा लेखकले नेपाल भुटान बिच भएको वार्ताहरु कुन कुन चरणमा कुन कुन स्तरमा भए सम्मका इतिहास खोतलिएको छ । पुस्तकलाई लेखकले इतिहास, भाषा तथा साहित्य, संगित तथा खेलकुद, पुनर्वास, विश्व शरणार्थी र लेख रचना गरि ६ वटा खण्डमा बिभाजन गरेका छन् । जम्मा ४०० पेजको रहेको संग्रह भुटानी शरणार्थी र यो वारे अध्यायन गर्नेका लागी महत्वपुर्ण सामाग्री हुन सक्छ । तिम्सीनाका यस अघि ९ वटा पुस्तक प्रकाशित भइसकेको छ ।
उहाँका प्रकाशित पुस्तकहरु
टेलिफोन डायरी,मोरङको सामुदायिक वन एक चिनारी, मोरङको क्षेत्र नं २ एक चिनारी,पथरी शनिश्चरे नगरपालिका एक चिनारी,जेसीज दस्तावेज विगतदेखि वर्तमान सम्म,धिमाल जातिको इतिहास विगतदेखि वर्तमान सम्म ,इतिहासमा पथरी शनिश्चरे, मोरङका जनप्रतिनिधि संङगालो लगायतका कृतीलाई वजार सम्म ल्याएका तिम्सीनाको यो कृति इतिहास अध्यायन गर्नेका लागी थप खुराक हुन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय