सॅाढेहरुको
न ईश्वर हुन्छ न त धर्म
सॅाढे
जबजब सुन्छ बथानहरुमा
आफ्नो अराजक पराक्रम
र सबैभन्दा कुरुप सुन्दरताको जयजयकार
अनि आफैलाई ईश्वर ठान्छ
च्यातिदिन्छ ऊ
आफ्नो मैमत्त बैंशले
कलिला बाछीहरुको गर्भाशय
र यसैलाई आफ्नो धर्म ठान्छ
बथानका बथान गाईहरु
जब चाट्न थाल्छन् उसका भयंकर सिङ् र जुरो
यसरी सुनेर अधर्मको जयगान
त्यही भीडमा असंख्य बहरहरु
आफ्नो लिङ्ग तिखारिरहेछन्
– मञ्जुल मितेरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय