नियति जहिल्यै क्रुर हुने गर्दछ,
मन परे पनि,
नपरे पनि,
स्विकार्नै पर्दछ,
बिरेका बाबु बाजे नै तराई झरेका रहेछन् ,
मिठो खान पाउने आशामा,
राम्रो लाउन पाउने आशामा,
सबै-सबै प्राप्त गर्नलाई,निरन्तर सघर्ष चलिरह्यो,
अह,
तर,
कहिल्यै प्राप्त भएनन् ,
उसका बाजे गरिब थिए,
उसका बाबु गरिब थिए,उ गरिब थियो,
त्यसैले अभाबको प्यास मेटिएन,
शुख कहिल्यै भेटिएन,

समाजिक बाध्यता हो,
हाम्रो नियति हो,
लामो समय देखि निरन्तर चलिरहेको छ,
सबै जना युबा भए पछि,
जिबन खोज्नलाई,
सुख भोग्नलाई,
अभाब टार्नलाई,
ब्याबहार धान्नलाई,
चर्को ब्याजको ऋण तिर्नलाई,
सबै-सबै सपना बोकेर,
पारिबारिक जिम्मेवारी पुरागर्ने बाचाका साथ,
अरु जस्तै बिरे पनि
अरब देश पुगेको हो,
त्यस पश्चात् ,
थोरै कमाई पनि भएको हो,
नानीहरुको खाना र नानामा सहजता आएको हो,
भने जस्तै नभए पनि,
पोईको परदेश कमाईले,
सामन्य खर्च टर्यो,
तर,
जोईलाई एक्लो महशुस हुन थाल्यो,
सुन्यता टरेन,
सुन्यता हटाउन,
उनिले,
अर्कैलाई अगालिन,
घरबार छोडेर,
पराईसग बाटो लागिन,

(करिब तिन बर्ष पछि)

आकाशमा उडेर गएको थियो,
बाकशमा लाश त आएन,
श्वास सहित शरीर आयो,
घरमा जोई छैन,
पशिनाको कमाई,
अर्कैले हिसाब न किताब खायो,
सगै मर्ने र सगै बाच्ने कसम खाएकी,जोईको निर्णयले,
अनुहारमा खुशी छैन,
ओठमा मुस्कान छैन,
लामो समय छुटेका साथिहरु सग रमाइलो गर्न बस्छ,
साथि भाईका कुराहरु मनमा पिडा बनेर पस्छ,
लामो सुस्केरा तान्छ,
मदिरा सेवन गर्छ,
सिगरेट तान्छ,
जोईको बियोग भुल्न खोज्छ,
दिमागबाट हटदैन,
झजल्को बनेर आईदिन्छ,
सबै खुशि खाईदिन्छ,
मर्नुन बाच्नुको दोसाँधमा पुर्याईदिन्छ,
फेरी,
अनुहारमा उजाड छाईदिन्छ,

समाप्त।

नोट:बिरेहरुको बिबशता अनिबार्य सम्बोधन हुनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय