काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
आइतबार भएको खेलमा आर्मी र थ्री स्टारले गोलरहित बराबरी खेलेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टोलीले पाएको अवसरमा गोल गर्न सकेनन् । जसको कारण खेल गोलरहित बराबरीमा सकियो ।
यस बराबरीसँगै आर्मीको एएफसी कप छनोट खेल्ने सपना सकिएको छ ।
एन्फाले सातौं चरणसम्म शीर्ष स्थानमा रहने टिमले एएफसी कप छनोट खेल्ने जनाएको छ ।
जसको कारण आर्मीलाई एएफसी कपका लागि जित अत्यावश्यक थियो ।
अब छनोटको दौडमा साविक विजेता मछिन्द्र र मनाङ रहेका छन् ।
गत सिजन च्याम्पियन भएको मछिन्द्रको एएफसी क्लब लाइसेन्स नभएको कारण आर्मीले एएफसी कप छनोट खेलेको थियो।
बराबरीपछि आर्मीले ५ खेलमा १० अंक जोडेको छ । आर्मी चौंथो स्थानमा रहेको छ ।
थ्री स्टार ६ खेलमा ७ अंक जोडेको छ । थ्री स्टार सातौं स्थानमा उक्लिएको छ ।