काठमाडौं । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज बलियो टिम अष्ट्रेलियासँग प्रतिस्पर्धा गरिरहेको छ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपालविरुद्ध अष्ट्रेलियाले २-० गोलको अग्रता बनाएको छ ।

खेलको छैटौं मिनेटमा म्याथ्यु लेकीले गोल गर्दै अष्ट्रेलियालाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ३८ औं मिनेटमा फ्रान करासिकले गोल गर्दै अष्ट्रेलियालाई २-० को अग्रता दिलाए ।

यस्तै खेलमा नेपाल पहिलो हाफमै १० खेलाडीमा समेटिएको छ ।

४५ औं मिनेटमा नेपालका रोहित चन्दले रातो कार्ड पाएर मैदानबाट बाहिरिएका छन् ।

अष्ट्रेलियाका मार्टिन बोयलेलाई फउल गरेपछि ओमानी रेफ्री अहमेदले रोहितलाई रातो कार्ड देखाएका थिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय