रतुवामाई । मोरङको रतुवामाई नगरपालिकामा क्रिकेटको रौनक छाएको छ । शुक्रबारदेखि मेयर कप टी–२० क्रिकेट प्रतियोगिता सुरु भएपछि क्रिकेटको रौनक छाएको हो ।

प्रतियोगिताको उद्घाटन संविधानसभाका सांसद डिगबहादुर लिम्बूले गर्नुभयो । रतुवामाई नगरपालिका, नगर युवा तथा खेलकुद समितिको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा नं। ४ ले विजयी सुरुवात गरेको छ । उसले वडा नं। ५ लाई पराजित ग¥यो । त्यस्तै, दोस्रो दिनको खेलमा वडा नं। ८ विजयी भएको छ । उसले वडा नं। ३ लाई पराजित प¥यो ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा मोरङ क्षेत्र नं। २ का प्रदेश सांसद शिवनारायण सिंह, रतुवामाई नगरपालिकाका नगरप्रमुख रविन राई, उपप्रमुख दयन्तादेवी चुडाललगायतले बोल्नु भएको थियो । सोही अवसरमा चर्चित गायक प्रमोद खरेलले सांगितिक प्रस्तुत दिनु भएको छ । उहाँले गीत प्रस्तुत गर्दा दर्शकहरुलाई भरपुर मनोरञ्जन दिनुभयो । युवा तथा खेलकुद समितिका अध्यक्ष मंगलसिंह चोङबाङको सभापतित्वमा भएको कार्यक्रममा सदस्य बिनोद थापाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम सञ्चालन सदस्य सचिब सुजित जैसवाललले गर्नुभयो । रतुवामाई– ७ सिजुवास्थित गडीझारको खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा नगरका १० वटै वडाको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेताले १ लाख र उपविजेताले ५० हजारसहित ट्रफि र मेडल प्राप्त गरिनेछ । प्रतियोगितामा हरेक दिनका म्यान अफ द म्याचलाई ३ हजारसहित पुरस्कृत गरिनेछ भने समापनका दिन ७ वटा विधाका उत्कृष्ट खेलाडीलाई १५ हजारसहित पुरस्कृत गरिनेछ । प्रतियोगिता सम्पन्न गर्नका लागि ९ लाख बढी खर्च लाग्ने आयोजक समितिले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय