मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकामा बिहिबारबाट सुरु प्रथम अध्यक्ष कप रनिङ शिल्ड वडा स्तरीय फुटबल प्रतियोगिताको पहिलो उद्घाटन खेलमा वडा नं. ६ लाई ४–० को अन्तरले हराउँदै वडा नं. ७ सेमीफाइनलमा प्रवेश गरेको छ । बिहिबारको उद्घाटन खेलमा वडा नं. ७ र ६ बिचको खेल निक्कै आक्रामक र प्रतिसर्धात्मक भए पनी वडा नं. ७ का जर्सी ७ का सञ्जय दनुवारले पहिलो गोल गर्दै खेललाई १–० ले अग्रता दिलाए । पहिलो गोल लागेसंगै निक्कै आक्रामक बनेको खेलमा वडा नं. ६ ले केही राम्रा अवसरहरु पाए पनी बलले जाली चुम्न सकेन ।

मिक्लाजुङ वडा नं. ७ को तर्फब बाट जर्सी नं. १० का अनिल खड्गीले २ गोल गर्दै खेललाई ३–० को फराकिलो अन्तर दिलाए । भने खेलको अन्त्यमा वडा नं. ७ का जर्सी नं. २३ का युवराज श्रेष्ठले थप एक गोल गर्दै खेललाई ४–० को फराकीलो अन्तरले बिजयी हुदैं आफ्नो सेमीफाइनलको यात्रा सुनिश्चीत गर्यो ।
यस बिचमा वडा नं. ६ का तर्फबाट केही उत्कृष्ठ अवसरहरु पाए पनी बलले जाली चुमेन । खेलमा म्यान अफ द म्यच वडा नं. ७ का युवराज श्रेष्ठ घोषित भए । शुक्रबारको खेल मिक्लाजुङ गाउँपालिका वडा नं ५ र २ बिच मध्यान्ह ३ बजेबाट मानोहर जनता मा.वि.को खेल मैदानमा हुने छ । प्रतियोगितामा प्रथम र द्धितिय स्थान हाँशिल गर्नेले नगद ५१ हजार, ३१ हजार ट्रफी, मेडल र प्रमाणत्र प्राप्त गर्नेछन ।

अध्यक्ष कपको रनिङ सिल्ड फुटबवल प्रतियोगिता खेलको उद्घाटन जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोख्रेलको प्रमुख आतिथ्यमा उद्घाटन भएको थियो । उद्घाटन कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधीहरु, एमाले मिक्लाजुङ अध्यक्ष नरेन्द्र प्रसाद ढुङ्गेल, वडाध्यक्षहरु नविन कार्की, सोमनाथ अधिकारी, बुद्धीमान लिम्बु, बुद्धीलाल निरौला, शुशिलराज चौहान, मिक्लाजुङ गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत शशी राई , मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सरला राई, अध्यक्ष देवी प्रसाद आचार्य को आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय