उर्लाबारी । विदेशी खेलाडी मनाङ मस्याङ्दी फुटबल क्लबका पूर्व खेलाडी फ्लारेन्ट कोआरालाई १५ हजार सहयोग गरिएको छ ।
पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक सञ्जिब बुढाथोकी, चरण गुरुङ र सुनिल पोखरेलले जनही ५÷५ हजारका दरले संकलन गरी १५ हजार रुपैयाँ सहयोग गरेका हुन् । कोरोना भाइरस महामारीका कारण पछिल्ला केही महिनादेखि नेपाल मै अड्किएका कोआरा आफ्नो घर आइभोरी कोस्ट फर्किन आर्थिक अभावका कारण सकेका थिएनन् ।
भुटानमा समेत व्यवसायीक फुटबल खेलेका कोआराले गत सिजन नेपालको ए डिभिजन लिग संकटाबाट खेलेका थिए । यद्यपि उनले नेपालमा भएका अन्य घरेलु फुटबल प्रतियोगितामा मनाङबाट पनि सहभागिता जनाएका थिए । साथै अन्य स्थानीय क्लबहरुबाट पनि खेलेका थिए ।
ADVERTISEMENT