काठमाडौं, नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान रेनुका नगरकोटीले विवाह गरेकी छिन्। रेनुकाले प्रेमी अभिषेक लामासँग विवाह गरेकी हुन्।

उनले आफ्नो ७ वर्षको प्रेम सम्बन्धलाई मंगलबार विवाहमा परिणत गरेकी हुन्। रेनुका रौतहट चन्द्रनिगाहपुरकी हुन् भने अभिषेक धनुषा जनकपुरका हुन्।

उनको विवाहमा राष्ट्रिय टिमका खेलाडीहरु सरिक छन्। मिडफिल्डर अनिता बस्नेत, फरवार्ड सावित्रा भण्डारी साम्बा, हिरा भुजेल, अन्जना राना मगर विवाहमा सरिक हुन गएका छन्। सन् २०१० देखि नेपाली राष्ट्रिय टिममा रहेकी रेनुका सशस्त्र प्रहरी बलको एपिएफ महिला फुटबल टिमकी कप्तान समेत हुन्। सात नम्बरको जर्सीमा मैदान उत्रने उनले नेपाली टिमबाट साग, साफ च्याम्पियनसिप र ओलम्पिक छनोट खेलेकी छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय