
नेपाल खेलकुद महासङ्घ उर्लाबारी नगर कमिटी गठन भएको छ। आज उर्लाबारी ३ स्थित नेकपा एमालेको पार्टी कार्यालयमा बिशाल गुरुङको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरिएको हो । जसको उपाध्यक्षमा केशब न्यौपाने, महेश लिम्बू सचिबमा महेश भण्डारी (सक्षम) सहसचिवमा राजिब दियली, बन्दना कोइराला र कोषाध्यक्षमा बिपसा धिमाल चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल खेलकुद महासङ्घ स्थायी कमिटी सदस्य मनोजविक्रम शाहले एमालेको २३ वटा जनवर्गीय संगठनमध्ये बि.स.२०६६सालमा स्थापना भएको नेपाल खेलकुद महासङ्घ सबैभन्दा कान्छो भएपनि अन्य जनसंगठन भन्दा अग्रणी स्थानमा रहेको दाबी गरेका छन्। उनले खेलकुदको गतिविधिबाट समाजमा स्वच्छ खेलाडी उत्पादन सँगसँगै राष्ट्र निर्माणमा युवाहरूको भूमिका अग्रणी स्थानमा रहेको बताएका छन् । खेलकुदको गतिविधिले खेलाडीलाई समाजमा स्थापित गराउनु साथसाथै राष्ट्रको समेत नाम राख्ने बताएका छन् ।
कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य योगेश बस्नेत, नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य ज्योति चौहान, नेकपा एमाले मोरङ जिल्ला कमिटी सदस्य एवं उर्लाबारी नगर इन्चार्ज उमाकान्त गौतम, नेकपा नेकपा एमाले मोरङ जिल्ला कमिटी सचिवालय सदस्य अग्नि भट्टराई नेकपा एमाले उर्लाबारी नगर कमिटी अध्यक्ष गंगाप्रसाद बास्तोला, नेकपा एमाले नगर कमिटी सचिव गोपाल प्रसाद रिमाल, नगर कमिटी सचिवालय सदस्य चन्द्रप्रसाद भट्टराई, नगर कमिटी सदस्य केशव घिमिरे, नेपाल खेलकुद महासङ्घ पूर्व केन्द्रीय सदस्य एवं वडा नम्बर ५ का वडाध्यक्ष रविन लामा, आदिवासी जनजाति महासङ्घ मोरङ जिल्ला कमिटी सचिव सुरेन्द्र शर्मा, नेकपा एमाले वडा नम्बर ८ कमिटी अध्यक्ष अग्नि सुब्बा, नेपाल खेलकुद महासङ्घ जिल्ला कमिटी सदस्य दिपक धिमाल, अनेरास्ववियु उर्लाबारी बहुमुखी क्याम्पस कमिटी उपाध्यक्ष नितेश तिम्सिना लगायतको उपस्थिति रहेको थियो।
नेपाल खेलकुद महासङ्घ मोरङ जिल्ला कमिटी अध्यक्ष मनोज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ७ को महिला वडा सदस्य मनमाया तामाङले स्वागत मन्तब्य राखेकी थिइन् ।