दिपेन्द्रबहादुर विश्वकर्मा
उर्लाबारी । मोरङको उर्लाबारीमा जारी दोस्रो उर्लाबारी भेट्रान्स नगर स्तरीय तथा स्व. राजबहादुर साम्याङ्खाम स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि धरान उपमहानगरपालिका र सुन्दरहरैचा नगरपालिका भेट्रान्सबीच शुक्रबार प्रतिष्पर्धा हुँदैछ ।
उर्लाबारी–६ को राधिका माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगिताको आयोजना उर्लाबारी भेट्रान्स क्लबले आयोजना गरेको हो । पूर्वका ८ टिमको सहभागिता रहेको सो प्रतियोगिताको फाइनल खेलमा धरान उपमहानगरपालिका र सुन्दरहरैचा नगरपालिका भेट्रान्सबीच प्रतिष्पर्धा हुने अध्यक्ष दिपक पोमुले जानकारी दिनुभयो । धरानले इटहरी उपमहानगरपालिकालाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रातय गरेको हो भने सुन्दरहरैचाले विरानगर महानगरपालिकालाई ५–० गोल अन्तरले हराएको थियो । यी दुई टोलीबीचको भिडन्त निकै प्रतिष्पर्धात्मक हुने जनाइएको छ । प्रतियोगितामा उर्लाबारी, विराटनगर, धरान, शिवसतासी, सुन्दरहरैचा, कन्काई, विर्तामोड र इटहरीको टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कोषाध्यक्ष विक्रम चापागाईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय