
काठमाडौं । साफ महिला च्याम्पियनसिपमा नेपालले भारतविरुद्ध अग्रता लिएको छ ।
रश्मी कुमारी घिसिङले पहिलो हाफको अन्त्यतिर गोल गरेपछि नेपालले १-० को अग्रता बनाएको हो । प्रिति राईले दिएको पासमा रश्मीले बक्स भित्रबाट बल कन्ट्रोल गर्दै उत्कृष्ट फिनिसिङ गरिन् । पहिलो हाफमा भारतले नेपालमाथि लगातार दबाब बनाएको थियो तर फिनिसिङ गर्न सकेन ।
प्रिति राईले ३३ औं मिनेटमा बक्स बाहिरबाट हानेको भलि प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।