काठमाडौं, काठमाडौंको दशरथ रंगशालामा भइरहेको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा आज सेमिफाइनलका खेल हुँदैछन्।

दिउँस एक बजे हुने पहिलो सेमिफाइनलमा बंगलादेश र भुटान भिड्दैछन्। साँझ ५:३० मा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ।

यसअघिका पाँच वटा संस्करणमा लगातार उपाधि जितेको भारत यसपटक पनि बलियो दाबेदार हो। यद्यपी समूह चरणमा भारतलाई ३-० ले हराएर बंगलादेशले पनि दाबेदारी प्रस्तुत गरिसकेको छ।

नेपाल पनि घरेलु मैदानको फाइदा उठाउँदै पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छ। सेमिफाइनलमा भारतसँग भिड्नु नेपालका लागि चुनौतीसँगै अवसर पनि छ।

भारतलाई सेमिफाइनलमा पराजित गर्न सके नेपालले साफमा भारतमाथि पहिलो जित निकाल्ने छ भने उपाधिका लागि बलियो दाबेदारी पेश गर्नेछ।

भारतले २०१० देखि २०१९ सम्म भएका पाँच संस्करणमा लगातार उपाधि जितेको थियो। सन् २०१६ बाहेक बाँकी चार संस्करणको फाइनलमा भारतले नेपाललाई हराएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय