बिर्तामोड। विभागीय टोली त्रिभुवन आर्मी क्लबले पाँचौँ संस्करणको झापा गोल्डकप फुटबलको उपाधि जितेको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार घरेलु टोली झापा-११ लाई २-१ गोल अन्तरले हराउँदै आर्मी च्याम्पियन बनेको हो ।

आर्मीलाई जित दिलाउन टेक बहादुर बुढाथोकी र जर्ज प्रिन्स कार्कीले एक एक गोल गरे ।

झापाका विमल घर्ति मगरले एक गोल फर्काए ।

खेलको १८ औं मिनेटमा टेक बहादुरले आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । सुमन अर्यालको क्रस पासमा टेक बहादुरले उत्कृष्ट फिनिस गरे ।

त्यसको ३ मिनेट नबित्दै कप्तान जर्ज प्रिन्सले आर्मीको अग्रता दोब्बर बनाए । गोलरक्षक र डिफेन्सको तालमेल नमिल्दा जर्जप्रिन्सले जाली चुमाए । गोलरक्षक दिप कार्की अघि बढेको मौकामा उनले गोल गरेका थिए ।

त्यसपछि खेलको २४ औं मिनेटमा झापाका विमलले गोल अन्तर कम बनाए । उर्लिचको क्रसपासमा अनमार्क बिमलले हेडर माफर्त गोल गरे ।

दोश्रो हाफका दुवै टोलीले केही राम्रा अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् ।

 

आर्मीले चौंथो पटक झापा गोल्डकपको उपाधि जितेको हो । यस्तै आर्मीले लगातार तेस्रो पटक जित्दै उपाधिमा ह्याट्रिक गरेको छ ।

यस अघि पहिलो, तेश्रो र चौथो संस्करणमा झापालाई नै हराउँदै आर्मीले उपाधि चुमेको थियो ।

उपाधिसँगै आर्मीले नगद १२ लाख ५५ हजार प्राप्त गरेको छ ।

उपविजेता बनेको झापाले ६ लाख ५ हजार रुपैयाँ प्राप्त गरेको छ । झापा पाँचौं पटक उपविजेता बनेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय