
काठमाडौँ। नेपालले मोरिससविरुद्धको मैत्रीपूर्ण खेलमा १-० ले विजयी हासिल गरेको छ ।
मंगलबार दशरथ रंगशालामा भएको खेलको ११ औँ मिनेटमा सुजल श्रेष्ठले गोल गरेका थिए ।
श्रेष्ठले गरेको गोल नै निर्णायक बन्न पुगेको छ । नेपालले मोरिसससँग भएको ३ तीन मैत्रीपूर्ण खेलमा संघषपूर्ण जीत हासिल गरेको छ ।
खेलको म्यान अफ द म्याच नेपाली टोलीका कप्तान किरण चेम्जोङ बनेका छन् ।