२८ साउन २०७७
कोरोना भाइरसको महामारीका कारण यस वर्ष पाल्पाको ऐतिहासिक भगवती जात्रा भगवती मन्दिरमा प्रतिमुर्ती घुमाएर सकिएको छ ।
यसअघि तानसेन बजारका विभिन्न स्थानमा भव्य मानिसको सहभागितामा धुमधामसहित भगवती जात्रा निकाल्ने प्रचलन थियो ।
योवर्षको रथयात्रामा वर्ष सेना, प्रहरी, शसत्र प्रहरीको सानो टुकडी, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, केही जनप्रतिनिधि र केही सर्वसाधारणको सहभागिता रहेको थियो ।
यो वर्ष मन्दिरको तर्फबाट बली समेत दिईएन । भगवती रथ यात्रा अघि मन्दिर वरपर स्यानिटाइज गरिएएको थियो ।
वि.स. १८७१ देखि १८७२ सम्मको अङ्ग्रेजसँगको युद्वमा नेपाली सेनाले जीतगढी किल्ला विजय गरेको थियो । यही किल्ला जितेको सम्झनामा सय वर्षअघिदेखि तानसेनमा भगवती जात्रा विजयउत्सवको रुपमा मनाइँदै आएको छ । हरेक वर्ष कृष्णाजन्माष्टमीको भोलिपल्ट जात्रा निकालिने प्रचलन रहेको छ ।