
३२ श्रावन २०७७, आइतवार
अछाममा खोलाले बगाउदा चारजनाको मृत्यु भएको छ । अछाम र कालीकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा एकै घरका चारजनाको मृत्यु भएको अछाम प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेहरुमा पन्चदेवल विनायक नगरपालिका ९का ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया बिपना बोहरा, एक वर्षीया आकृति बोहरा र छोरा ७ वर्षीय हेमन्त बोहरा रहेका छन् ।