१ भाद्र २०७७, सोमवार

पाल्पा, तानसेन नगरपालिका वडा न ४ पाल्पाकि एक महिलामा कोरोना सक्रमण देखिएपछि सिल गरिएका विशाल वजार क्षेत्र र आसपासका ३ सय ३५ जनाको सोमवार स्वाब संकलन गरिएको छ ।


स्थानिय ब्यक्तिहरु,ब्यापारी र निजको सम्पर्कमा रहेकाहरुको स्वाव संकलन गरिएको हो ।तानसेन नगरपालिका र स्वास्थ्य कार्यालय पाल्पाको संयुक्त पहलमा विशालबजारमा ३ वटा बुथमार्फत स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओमप्रकास पन्थीले जानकारी दिए ।


बिशाल बजारमा तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाही सहित स्वास्थ्यकर्मी जनप्रतिनिधी तथा संचारकर्मी समेतको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएको नगरपालिका स्वास्थ शाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय