३२ श्रावन २०७७, आइतवार
भैरहवा,नेपाल आयल निगमका थप १० जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार आएको स्वाब परिक्षण रिपोर्ट अनुसार नेपाल आयल निगम भलवारी डिपोका ३ जना, भैरहवा पेट्रोल पम्पका ३ जना र विमानस्थल स्थित हवाई ईन्धन डिपोका थप ४ जनामा कोरोना संक्रमण देखिएको हो ।
‘गौतमबुद्ध विमानस्थल भैरहवास्थित डिपो शुक्रबारबाट नै शिल भएको छ यसैगरी भैरहवास्थित नेपाल आयल निगमको पम्पमा कार्यरत कर्मचारीमा संक्रमण देखिएसँगै आइतबार बिहान ८ बजेबाट सेवा बन्द गरी शिल गरिएको भैरहवा पेट्रोल पम्पका कार्यालय प्रमुख गोविन्द चौधरीले जानकारी दिए।