२८ साउन २०७७
जनकपुर उपमहानगरपालिकाका पूर्वमेयर ७३ वर्षिय कृष्ण गिरीको मृत्यु भएको छ ।
कोरोना संक्रमित गिरीको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो।
गिरीलार्ई कोरोना संक्रमण देखिएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । उनको एक सातादेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
उनका चालक र एकजना काम गर्नेलाई पनि कोरोना देखिएपछि सँगै हेलिकोप्टरमा काठमाडौं ल्याइएको थियो । उनीहरू दुबै जना अहिले निको भइसकेका छन्।
गिरी २०४२ सालमा जनकपुर नगरपालिकाको मेयर बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय