उर्लाबारी / अति सिमान्तकृत सन्थाल समूदायका महिलाको लागि आयोजना गरिएको थाकलको हस्तकला निर्माण सम्बन्धि १ महिने सिपमूलक तालिम सम्पन्न भएको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमको बहुआयमिक नमुना ग्राम हस्तकला परियोजना अन्तर्गत सन्थाल समूदायका महिलाका लागि सञ्चालन भएको तालिमको एक कार्यक्रमको आयोजना गरि बुधबार सम्पन्न गरिएको हो ।
तालिम समापन कार्यक्रमको प्रमुख अतिथि तथा उर्लाबारी नगरपालिका उप-प्रमुख लक्ष्मीदेवी भण्डारीले प्रदेश नम्बर १ भरिमा उर्लाबारीको सन्थाल समूदाय मात्र छनोटमा परेको बताएकी छन् । उनले नगरपालिकाले गरिब तथा बिपन्न समूदायका जनतालाई सधै प्राथमिकतामा राख्दै आइरहेको साथै आगामी दिनमा पनि सहयोग गर्न सधै तयार रहेको बताएकी छन् ।
सन्थाल समूदायका २० जना सहभागी उक्त तालिममा थाकलको पर्स, टोपी, ब्याग बनाउन सिकाइएको सन्थाल समुदायको अगुवा बुद्धिलाल सुरेनले बताए ।
कार्यक्रम उर्लाबारी वडा नम्बर ८का वडा अध्यक्ष कुलबहाुदर कार्की, महिला तथा बालबालिका शाखा प्रमुख चन्द्रकला सुब्बा, सन्थाल समुदायको अगुवा बुद्धिलाल सुरेन लगायतको उपस्थिति रहेको थियो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजना तथा उर्लाबारी नगरपालिकाले समन्वय तालिम सञ्चालन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय