उर्लाबारी । मोरङको उर्लाबारी स्थित सन्थाल जातिको एकिकृत बस्ति निर्माणको कार्यलाई अघि बढाउन शहरी विकास तथा भवन निर्माण विभागको टोली बस्तीमा पुगेको छ ।

उर्लाबारी-८ स्थित सन्थाल जातिको एकिकृत बस्ति निर्माण स्थलमा शहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन इकाइ विराटनगरका प्रमुख सुरेन्द्र शाहको टोली र उर्लाबारी नगरपालिका मेयर खड्ग फागोले संयुक्त रुपमा सो स्थानको अवलोकन गरेका छन् ।

एकिकृत बस्ती निर्माणका लागि टेन्डर आव्हान भएर निर्माणको प्रक्रियामा अगाडी बढेको भएतापनि स्थानियहरुले विरोध गरिरहेका कारण निर्माण कार्य अगाडी बढ्न सकेको छैन् ।

करिव एक वर्ष अघि पूर्व प्रधानमन्त्रि एवम नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले उर्लाबारी-८ स्थित खोला किनारमा ३० करोड लगानीमा निर्माण सम्पन्न् गर्ने गरी १ सय ३२ बटा घर निर्माणको योजनालाई अगाडी बढाएको थियो ।

शिलान्यासताका स्थानियहरुले बस्ती निर्माण प्रक्रिया बिस्तृत स्थलगत अध्ययन् नगरी अगाडी बढाउदा वर्षौँ देखी आफुहरुले जोतभोग गर्दै आएको जमिन तात्कालिन सरकारले बस्ती निर्माणका नाममा हडप्न खोजेको भन्दै विरोध जनाएका थिए । सो विरोध अहिले पनि कायम नै रहेको छ ।

स्थानियहरुको विरोधका बाबजुद पनि तात्कालिन प्रधानमन्त्रि केपी शर्मा ओलीले बस्तीको शिलान्यास गरेका थिए । शिलान्यास भएको करिब एक वर्ष पछि निर्माणको प्रक्रिया थालनी गर्न खोजीरहेको शहरी विकास मन्त्रालय अहिले स्थानियहरुले अवरोध सृजना गर्ने भयले कामलाई अगाडी बढाउन स्थानिय सरकार सग समन्वय गर्न खोजीरहेको छ ।

सोही सिलसिलामा सोमबार शहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन इकाइ विराटनगरका प्रमुख सुरेन्द्र शाहको टोली र उर्लाबारी नगरपालिका मेयर खड्ग फागो बस्ती निर्माण स्थलमा पुगेका हुन् ।

बस्ती निर्माणको स्थलगत अवोलकन पश्चात आयोजना कार्यान्वयन प्रमुख शाहले भने-“बस्ती निर्माणको प्रक्रिया एक हप्ता अगाडी बाटै सन्चालन हुनु पर्ने भएता पनि स्थानियहरुको विरोध रहेको थाहा भएपछि निर्माण कार्य अगाडी बढाउन सकस भएको हो, हामी सोही समस्याको हल गर्नका लागि स्थानिय सरकार प्रमुख र उप-प्रमुखका साथ स्थलगत अनुगमनमा आएका हौँ विवाद समाधान सगै काम अघि बढ्छ ।”

एकीकृत बस्ती विकास सन्बन्धी कार्यविधि २०७५ अनुसार सन्थाल बस्तीको निर्माण स्थानीय प्रविधि, सिप र सामाग्री प्रयोग गरी २६ उराव र १०६ सन्थाल जातिको गरी कूल १३२ वटा घर निर्माण गरिने योजना भएता पनि विवादका कारण निर्माणमा अन्योलता छाएको देखिन्छ ।

लोपोन्मुख र सिमान्तकृत सूचीमा रहेका सन्थाल जातिको उत्थानका लागि निर्माण हुने तरखरमा रहेको एकिकृत बस्ती निर्माण योजना महत्वपुणर् योजना रहेका कारण बस्ती निर्माणमा स्थानिय सरकारको पुणर् साथ रहने फागोले बताए ।

साथै उनले स्थानियहरुले विरोध गरिरहेको जानकारी आएका कारण सो बारेमा स्थानियहरु सग बसेर एकचरण छलफल गर्ने र इकाइलाई जानकारी दिने उनले बताए ।

बस्तीमा सडक, खानेपानी, मनोरञ्जन स्थल, खोल्सी संरक्षण, सरसफाइ, बाल विकास केन्द्र, सामुदायिक भवनलगायत निर्माण हुने र प्रत्येक परिवारका लागि कम्तीमा २ सयन कोठा, एक भान्सा कोठा र एक शौचालय रहने शहरी विकास मन्त्रालयको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय