उर्लाबारी । नेकपा माओवादी केन्द्र उर्लाबारीको आज बसेको सचिवालय बैठकले विभिन्न जिम्मेवारी तोकेको छ ।
पार्टीका नगरअध्यक्ष गजेन्द्र दंगालको अध्यक्षतामा बसेको सचिवालय बैठकले जिम्मेवारी तोकेको हो । सूचना तथा सञ्चारमा सरोज बस्नेत, आर्थिकमा रमा थापा, शिक्षामा रमेश श्रेष्ठ, स्वास्थ्यमा इन्द्र माखिम, युवामा बासु घिमिरे, महिलामा परजिता गौतम, वनमा खगेन्द्र पराजुली, उद्योग ब्यापारमा इन्द्र भट्टराई, संघसंस्थामा भक्त विक, इलाका प्रशासन क्षेत्रमा सहजीकरणका पवन चौधरी, इलाका प्रहरीमा सहजीकरणका लागि यामलाल रसाईली र मिलन दाहाल जिम्मेवारी तोकिएको छ । त्यस्तै, सुकुम्बासीमा बसन्त विक, यातायात मजदुरमा सूर्यबहादुर याख्या, अखिल क्रान्त्रिकारीमा थानेश्वर अधिकारी, किसानमा राजेन्द्र बास्तोला, जेष्ठ नागरिकमा लेखनाथ खनाल, बुद्धिजिबीमा चित्र गौतम र शिक्षकमा राजेन्द्र आचार्यलाई जिम्मेवारी तोकेको छ ।
ADVERTISEMENT