दमक/ गुरागाँई वन्धुहरुको छाता संस्था गुरागाँई वंश उत्थान समाज कल्याण प्रतिष्ठानको १० औं महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
झापाको कमल ५ पाडाजुङ्गीस्थित प्रतिष्ठानको कार्यालयमा भएको त्रैवार्षिक धार्मिक महायज्ञ एवम् साधारणसभाले तुलसा गुरागाँईको अध्यक्षतामा केन्द्रिय नेतृत्व निर्वाचित गरेको हो । लक्ष्मी गुरागाँई वरिष्ठ उपाध्यक्ष रहेको समितिमा चुडामणी गुरागाँई र उर्मिला दाहाल गुरागाँई उपाध्यक्ष रहेका छन् ।
ज्ञानप्रसाद गुरागाँई, प्रकाश गुरागाँई जिसी, देवीप्रसाद गुरागाँई र राजेन्द्र गुरागाँई प्रादेशिक उपाध्यक्षमा चयन भएका छन् भने तुलसीप्रसाद गुरागाँई महासचिवमा चयन भएका छन् । भिमप्रसाद गुरागाँई सचिव तथा खडानन्द र चन्द्रमणि गुरागाँई सहसचिव चुनिएका छन् । प्रतिष्ठानको कोषाध्यक्षमा गंगा गुरागाँई र सहकोषाध्यक्षमा पुण्यप्रसाद गुरागाँई निर्वाचित भएका छन् । डिना, लिलादेवी, पुष्पप्रभा, तोयाकुमारी, दिपा, ईन्दिरा, केदार, हरिप्रसाद, गोविन्दप्रसाद, कृष्णप्रसाद, समुद्र, डिकप्रसाद र महेश गुरागाँई केन्द्रिय सदस्य चुनिएका छन् ।
यस्तै त्रिलोचन गुरागाँई संयोजक र युवराज एवम् डिल्लीराम गुरागाँई सदस्य रहेको लेखा समिति समेत चयन गरिएको छ ।
मंसिर २५ देखि शुरु भएको कार्यक्रम त्रैवार्षिक कुलपूजा एवम् महाधिवेशन आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै समापन भएको हो । नेपालका विभिन्न भाग तथा विदेश र प्रवासमा समेत रहेका गुरागाइँहरुलाई समेटेर सो संस्था सञ्चालित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय