उर्लाबारी । नेकपा एमाले निकट उद्योगी व्ययवसायीहरुको संस्था नेपाल राष्ट्रिय वाणिज्य संघको केन्द्रीय सदस्यमा उर्लाबारीकी व्यवसायी सम्झना खतिवडा आचार्य चयन हुनु भएको छ ।
उर्लाबारी ५ स्थित सम्झना कम्प्लेक्सकी संचालिका आचार्य आज काठमाण्डौँमा भएको संघको राष्ट्रिय अधिबेशनबाट केन्द्रीय सदस्यमा चयन हुनुभएको हो । आचार्य उर्लाबारी उद्योग वाणिज्य संघको निवर्तमान उद्योग सचिव समेत हुनुहुन्छ ।
उहाँ यस क्षेत्रमा उद्योगी व्यवसायीको हितमा क्रियाशिल रहनु भएको छ । संघको राष्ट्रिय अध्यक्षमा मनोज श्रेष्ठ र महासचिवमा एफ.आर पाण्डे चयन हुनु भएको छ ।