उर्लाबारी । नेपाल औषधी व्यवसायी संघ मोरङले लागू तथा मनोद्धिपक औषधिहरु र कर सम्बन्धि अभिमुखिकरण तालिम आयोजना गरेको छ । मोरङको उर्लाबारीमा बुधबार संघमा आवद्ध भएका सदस्यहरूको लागि उक्त तालिम आयोजना गरेको हो ।
अभिमुखिकरणमा कर सम्बन्धी प्रशिक्षण आन्तरिक राजस्व कार्यालय विराटनगरका कर अधिकृत बिमल पौडेलले सहजिकरण गरेका थिए । औषधीको विषयमा नेपाल औषधी व्यवस्था विभाग विराटनगरका निमिक्त कार्यालय प्रमुख संन्जिव शर्मा कट्टेलले सहजिकरण गरेका थिए । कार्यक्रममा आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख सुर्य पोखरेल, इलका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्कालगायतको उपस्थित रहेको थियो । अभिमुखिकरण तालिममा ५० जना औषधी व्यवसायीहरुको उपस्थित रहेको नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए । उनका अनुसार यस्तो अभिमुखिकरण कार्यक्रम विराटचौक, रंगेली र विराटनगरमा पनि हुने जानकारी दिए । संघका अध्यक्ष लक्ष्मी प्रसाद तिम्सिनाको अध्यक्षतामा यो कार्यक्रम भएको हो ।