उर्लाबारी । माओवादी केन्द्र उर्लाबारी वडा नं. ७ को अध्यक्षमा बुलन पासवान सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
उपाध्यक्षमा पशुराम लुईटेल, सचिबमा चुणमणी दाहाल, सह–सचिबमा शंकर चौधरी र कोषाध्यक्षमा सवित्रा दियाली रहनु भएको छ । २९ सदस्यीय कार्यसमिति चयन भएको अध्यक्ष पासवानले जानकारी दिनुभयो । २२ जना नगर प्रतिनिधिसमेत सर्वसम्मत चयन भएको उहाँले बताउनुभयो । वडा नं. ७ बाट ७ जना नगर आयोजक समितिमा रहनु भएकाले उहाँहरु स्वतः प्रतिनिधि रहने ब्यवस्था छ । वडा अध्यक्ष ओम खरेलको सभापतित्वमा भएको प्रथम अधिवेशनको प्रमुख अतिथि उर्लाबारी नगर संयोजक तोर्ण श्रेष्ठ रहनु भएको थियो । प्रेस सेन्टर नेपाल पूर्वी शाखाका अध्यक्ष सरोज बस्नेत, नमूना विद्यालय मोरङका संयोजक राम थापालगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय