विराटनगर । आगामी मंसिर १०–१२ सम्म चितवनमा हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि मोरङका ४ वटा निर्वाचन क्षेत्र र दलित क्षेत्रबाट सर्वसम्मत प्रतिनिधि चयन गरिएको छ ।

मोरङ क्षेत्र नम्वर १ बाट खड्गबहादुर वस्नेत, अग्नि भट्टराई, नरेन्द्रप्रसाद ढुङ्गेल, घनस्याम खतिवडा, उमाकान्त गौतम, भूपेन्द्रकुमार लावती, लक्ष्मीदेवी भण्डारी, निर्मला राई, शान्तिकुमारी लिम्वु, क्षेत्र नम्वर ३ बाट राजकुमार ओझा, केदार गुरागाई, ज्ञानेन्द्र सुवेदी, डिपी राई, ताराबहादुर काफ्ले, रामकुमार वस्नेत, देवराज भण्डारी, दिलिप राई, धनमायाँ तामाङ, ढाकाकुमारी पराजुली र राजकुमारी इङनाम, क्षेत्र नम्वर ४ बाट नन्दराज गिरी, कुमार आचार्य, धर्मलाल सिंह, रामबहादुर घिमिरे, महेशप्रसाद भट्टराई, बाबुराम कार्की, विमला दाहाल घिमिरे र गुणवति देवी थारु, क्षेत्र नम्वर ५ बाट डिल्लीराम घिमिरे, मनोज अग्रवाल, धर्मानन्द सञ्जेल, ज्ञानेश्वर राजवंशी, योगेन्द्र मण्डल र मीनादेवी यादव महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत भएको क्षेत्रीय निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरि क्षेत्र नम्वर २ बाट ऋषिकेश पोखरेल, मेघनाथ कट्टेल, चन्द्रकला भण्डारी, लीलाबल्लभ अधिकारी, गोपाल थापा, मीरा दास, पर्शुराम कटुवाल, खेमकुमारी निरौला दाहाल, डिल्ली दाहाल, हसन इनाम बक्स र इर्जालाल राजवंशी सर्वसम्मत भएका छन् । क्षेत्र नम्वर २ को निर्वाचन समितिले औपचारिक रुपमा घोषणा गर्न भने बाँकी रहेको छ ।

दलित निर्वाचन क्षेत्र तर्फ खेम नेपाली, कृष्ण बर्देवा, जितनारायण सरदार र गितादेवी शिवा शुक्रबार नै निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएका थिए । । क्षेत्र नम्वर ६ मा सर्वसम्मतका लागि पहल भईरहेको नेताहरुले बताएका छन् । शनिबार विहान सम्म दुवै क्षेत्रमा सर्वसम्मत हुने एक नेताले बताए ।

कात्तिक २७ गते शनिवार प्रतिनिधि चयनका लागि विहीबार मनोनयन दर्ता गरिएको थियो । ५७ महाधिवेशन प्रतिनिधिका लागि १७० जनाको उम्मेदवारी परेको थियो । क्षेत्र नम्वर १, २, ३, ४, ५ र दलित क्षेत्रमा निर्धारित संख्या बाहेकका उम्मेदवारले मनोनयन फिर्ता लिएपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय