उर्लाबारी। विवेकशील साझा पार्टी उर्लावारीको नगर अध्यक्षमा भरत कडेँल चयन भएका छन् ।
शनिबार सम्पन्न अधिवेशनले कडेँलको संयोजकोत्वमा १९ सदस्यीय नगर समिति गठन गरेको हो ।यस्तै, सह-संयोजकमा दानवहादुर पौडेल , सचिवमा ईन्द्रकमल अधिकारी,सह-सचिवमा विष्णु निरौला र कोषाध्यक्षमा विष्णु प्रसाद भण्डारी सर्वसम्मत चयन भएका छन् ।
सदस्यहरूमा शक्ति चाम्लिङ्ग, निशा कटुवाल, अर्जुन विक , चण्डीका भट्टराई( शारदा) ,सिर्जना कार्की ,राम अधिकारी, सुरज आचार्य, कमल राई , कमल लुइँटेल लगायत छन् ।
नेपाली राजनितीमा वैकल्पिक शक्तिको रुपमा देशव्यापी रुपका कमिटी गठन अभियान अन्तर्गत शनिबार उर्लावारीमा नगर कमिटी गठन गरिएको उक्त पार्टीले जनाएको छ ।
कडेँल नेतृत्वको कमिटीलाई साझा पार्टीका प्रदेश नं. १ का संयोजक महेन्द्र थापाले घोषणा गरेका थिए ।
कार्यक्रममा साझा पार्टीका प्रदेश नं. १ सह-संयोजक रमेश विष्ट, संगठन विभाग प्रमुख सुवाश भारती, मोरङ्ग जिल्ला संयोजक अमलेस कर्ण, झापा जिल्ला संयोजक मेदनी प्रसाँइ लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।
ADVERTISEMENT