उर्लाबारी । नेपाली कांग्रेसको एक महिना अघि भएको १४ औ“ वडा अधिवेसनबाट निर्वाचित उर्लाबारी वडा नं.–४ वडा समितिले संगठनको दैनिक कार्य संचालनको लागि वडा कार्यालय शुरु गरेको छ ।
शनिबार आयोजित कृयाशिल सदस्य, निर्वाचित वडा समिति एवं क्षेत्रिय प्रतिनिधीहरुको भेलामा क्षेत्रिय सभापति खड्ग फागोले वडा कार्यालयको उद्घाटन गर्दैै वडा कार्यालय स्थापना गरी समस्यामा परेका पार्टीका कार्यकर्ता र शुभेच्छुहरुलाई सेवा पुर्याउन नगरमा वडा नं.–४ पहिलो भएको बताउदै“ अन्य वडाहरुलाई पनि वडा कार्यालय स्थापना गरी जनसेवाका कार्य गर्न निर्देशन दिएका छन ।
वडा सभापति प्रेम याख्खाको सभापतित्वमा भएको उक्त कार्यक्रममा क्षेत्रिय सचिव पर्वत राई, सहसचिव अरुणा थापा, सदस्य गिता खतिवडा, सल्लाहकार नरबहादुर मोक्तान, नगर सभापति सुरेन्द्र लिम्बु, क्षेत्रिय प्रतिनिधी प्रकाश कन्दङवा, वडा नं.–७ का सभापति मदनबाबु प्रसाई सहितका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका कार्यक्रम संचालक नेत्रप्रसाद आपागाई“ले बताएका छन ।