उर्लाबारी । अविरल बर्षाका कारण प्रभावित बनेका उर्लाबारी ७ का ५ तथा ९ का २५ घर परिवारमा नेपाली कांग्रेस नगर समिति उर्लाबारीले खाद्यन्न वितरण गरेको छ ।
नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि डिल्लीराज अधिकारी र भागीरथा अधिकारीको सहयोगमा खाद्यन्न वितरण गरेको हो । कार्यक्रममा नेपाली कांग्रेसका मोरङ क्षेत्र नं. १ का सभापति तथा उर्लाबारी नगरपालिकाकाका मेयर खड्ग फागो, नगर सभापति सुरेन्द्र लिम्बु, क्षेत्रीय प्रतिनिधी लोलिम पोमू, नगर समिति सदस्यहरु बेलबहादुर कार्की, बबी निरौला, वडा सभापतिहरु रोहित थापा, मदनबाबु प्रसाई, कैलाश थापा मगरसहितको सहभागिता रहेको थियो । नगर सभापति लिम्बूले पीडामा परेका नगरबासीहरुलाई आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
ADVERTISEMENT