उर्लाबारी,मोरङको उर्लाबारीमा खुला गजल प्रतियोगिता आयोजना गरिएको छ । उर्लाबारी गजल मञ्चको आयोजनामा असोज १६ गते शनिबार भर्चुअल प्रविधिबाट कार्यक्रम आयोजना गरिएको हो ।
मञ्चले प्रतियोगितामा सहभागी हुन चाहने गजलकारहरुलाई असोज ५ गतेसम्म प्रतियोगी गजल पठाउन यसअघि सूचना गरेको थियो । सोही सूचनाका आधारमा १४४ वटा गजल प्राप्त भएको उर्लाबारी गजल मञ्चका अध्यक्ष निर्मल कुलुङले जानकारी दिनुभयो ।
नेपाली साहित्यमा गजल विधाको जगेर्ना गर्ने र गजल सर्जकहरुको हौसला बढाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको बताउँदै उहाँले भन्नुभयो, ‘देश विदेशमा रहनुभएका नेपाली गजलकारहरुबाट १४४ वटा गजल प्राप्त भएको छ ।’ असोज १६ गते आयोजना गरिएको भर्चुअल कार्यक्रमबाट नतिजा सार्वजनिक गरिने अध्यक्ष कुलुङले बताउनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, दोस्रोलाई २० हजार र तेस्रोलाई १० हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ । भैरहवाका साहित्यकार बुँद रानाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागो, साहित्यकारहरु प्रकाश आङ्देम्बे, रवि प्राञ्जल, मिश्र वैजयन्ती, लोकेन्द्र बञ्जारालगायतको आतिथ्यता रहने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय