उर्लाबारी /उर्लाबारी,पथरीशनिश्चरे, रतुवामाइ र मिक्लाजुङ कोप्याप्स संयुक्त क्लस्टरका सम्पूर्ण निजी तथा आवासीय बिद्यालयहरुको संगठन र सुन्दरफुल साकोसको संयुक्त आयोजनामा कोप्याप्स संयुक्त क्लस्टरका संस्थापक सदस्य तथा मदर मधुमल्ला अङ्ग्रेजी बिध्यालयका संस्थापक / प्रधानाध्यापक बिकास गुरुङको आठैाँ पुन्य तिथिका दिन शनिबार शोक सभा गरिएको छ।
सो सभामा शिक्षासेवी गुरुङले यस छेत्रको शैक्षिक छेत्रमा पुर्याएको योगदान र निजी तथा आवासीय बिध्यालयको संगठन कोप्याप्स तथा प्याप्सनमा पुर्याएको योगदानको चर्चा गरिएको न्यु भिजन एकाडेमीका सञ्चालक कमल गौतमले जानकारी दिएका छन् । सो सभामा प्याप्सन केन्द्रीय सदस्य लेखनाथ भट्टराई , प्याप्सन प्रदेश न. १ का सह सचिब केदार खनाल, प्याब्सन प्रदेश १ सदस्य भुवन श्रेष्ठ , मोरङ प्याब्सन उपाध्यक्ष सुवास राई , पथरी शनिश्चरे नगर प्याब्सन अध्यक्ष उपेन्द्र कँडेल, उर्लाबारी नगर प्याब्सन अध्यक्ष सुरेन्द्र सुवेदी, रतुवामाइ नगर अध्यक्ष विश्वास ढकाल, कोप्याप्स संयुक्त क्लस्टरका संस्थापक अध्यक्ष नरेन्द्रप्रसाद ढुंगाना तथा गोपालप्रसाद रिमालले आफ्नो शोक मन्तब्य राखेका थिए। सो सभाको अध्यक्षता टीकाप्रसाद दङालले गरेका थिए भने सन्चालन सुन्दरफुल साकोसका सचिव सन्तोष बस्नेत तथा कोप्याप्स संयुक्त क्लस्टरका सचिव कमल गौतमले संयुक्त रुपमा गरेका थिए।