उर्लाबारी । आसन्न नेपाली कांग्रेसको चुनाबको सरगर्मी निकै बढेको छ । कसले नेतृत्व हत्याउने भन्ने विषय निकै चासोका साथ हेरिएको छ । वडा, गाउँ, नगर, क्षेत्र र जिल्लाको नेतृत्वमा लागि नेताहरुको दौडधुप पनि बढिरहेको छ ।
उर्लाबारी वडा नं. ३ को सभापतिमा रोहित कार्कीले दाबी गर्नुभएको छ । नेपाल तरुण दलका नगरसभापतिसमेत रहनु भएका कार्कीले आसन्न अधिवेशनबाट वडासभापतिमा दाबी गर्नुभएको हो । सामाजिक गतिबिधि बढाइरहनु भएका कार्की युवा परिचालनमा माहिर मानिनुहुन्छ । त्यस्तै, उर्लाबारी वडा नं. ६ को सभापतिमा नारदमणि नेपालले दाबी गर्नु भएको छ । कांग्रेसलाई चलयमान र आगामी निर्वाचनमा थप सशक्त बनाउन उहाँले वडा सभापतिमा दाबी गरेको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत नै आफ्नो वडासभापतिमा दाबी रहने बताउनु भएको छ । वडा नं. ६ नेपाली कांग्रेसको पकड मानिन्छ । स्थानीय तहको निर्वाचतमा पाँचै जना नेपाली कांग्रेसको तर्फबाट यस वडामा निर्वाचित हुनु भएको थियो । यस वडाका वडाध्यक्ष चिन्तामणि पौडेल लोकप्रिय वडाध्यक्ष मानिन्छ । अन्य वडामा पनि आकांक्षी थपिरहेका छन् । नगरसभापतिमा भने यस पटक सुरेन्द्र लिम्बू सबैभन्दा प्रभावशाली उम्मेद्वार देखिनु भएको छ । लिम्बूसहित वर्तमान नगरसभापति बीरबल थापा, दिपेन्द्र धिमाल, सचिन शाक्य, मुक्ति न्यौपानेलगायतको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय