
उर्लाबारी । मोरङको उर्लाबारी ३ का अतिविपन्न परिवारलाई राहत वितरण कार्य निरन्तर भइरहेको छ । वडा सदस्य भिष्म बुढाथोकीको नेतृत्वमा रहेको टिमले प्रति परिवार २५ केजी चामल, तेल, नुन, दाल लगायतका खाद्य सामग्री बितरण गरेको छ ।
टिमले लकडाउन अवधिभर निरन्तर राहतको काम गरिरहने जनाएको छ । वडामा रहेका बिपन्न परिवारलाई लकडाउनको अवस्थामा बिहान बेलुका चुलो बल्ने अवस्था नभएपछि बुढाथोकीको टिमले राहत वितरण सुरुगरेको हो । राहत वितरण कार्यमा निसान थापा, काजिमान लिम्बू, सेरु लिम्बू, सुमित थापा, निरोज थापा, विदुर रिजाल, किरण राई, भरत ढकाल लगायतका युवाहरु सक्रिय छन् ।