उर्लाबारी । कोरोना महामारीका कारण समस्यामा परेका विपन्नहरुलाई नेपाली कांग्रेसनिटक नेपाल तरुण दल उर्लाबारीले राहत वितरण गरिहेको छ ।
कोरोना महामारीको समयमा कोही पनि भोकै बस्नु नपरोस् भनेर विपन्नका घरघरमा गएर राहत वितरण गरिरहेको नेपाल तरुण दल उर्लाबारीका सभापति रोहित कार्कीले जानकारी दिनुभयो । नगरका अति विपन्न, असहाय वर्गलाई लक्षित गरी खाद्यान्य अभियान सञ्चालन गरिरहेको उहाँको भनाई छ । तरुण दलले प्रतिपरिवार १५ केजी चामल, २ केजी दाल, १ लिटर तेल, १ केजी नुन, २ पोका सोयाविन र १ केजी चिउरा प्रदान गरेको छ । अहिलेसम्म १ सय भन्दा बढी घरपरिवारलाई खाद्यान्य सहयोग गरिहेको तरुण दलका जीवन चिमरियाले बताउनुभयो । खाद्यान्य वितरण अभियानमा युवा व्यवयायीहरु सुरेन लिम्बू, गोविन्द भट्टराई, रोहित थापा, बबि निरौला, रकम श्रेष्ठलगायतले सहयोग गरेको छन् ।
ADVERTISEMENT