उर्लाबारी । मोरङको उर्लाबारी–७ मा योग विद्यालय सञ्चालन गर्ने तयारी थालिएको छ ।
उर्लाबारी–७ का डिकबहादुर कटुवालले योग विद्यालय सञ्चालनका लागि १ कट्ठा जग्गा निशुल्क प्रदान गरेपछि योग विद्यालय सञ्चालन गर्ने तयारी थालिएको हो । श्रीस्वयंभू सिद्ध योग विद्या पिठ नामक योग विद्यालय सञ्चालन गर्ने तयारी भइरहेको संस्थापक जंगी बाबाले जानकारी दिनुभयो । योग सम्पूर्ण विद्या र अष्टांग योग विद्या प्रदान गरिने उहाँको भनाई छ । स्वास्थ्य र निरोगी रहन तथा वैचारिक र मानसिक विचारधाराद्धारा समाज रुपान्तरणका लागि योग महत्वपूर्ण हुने उहाँले बताउनुभयो । योग विद्यालय दर्ता गरी चाँडै स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारमा भवन निर्माणका लागि पहल गर्ने जनाइएको छ । उर्लाबारी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बीरबल थापा, समाजसेबी जयधर्म आचार्यलगायतले भवन निर्माणका लागि साथ र सहयोग गर्ने बचन दिनुभएको छ । जंगी बाबा विगत २ बर्षदेखि उर्लाबारीमा योग शिक्षा दिनुको साथै विभिन्न विषयहरुमा आफ्नो धारणा राख्दै आउनुभएको छ । केही समयअघि सामाजिक सञ्जाल तथा युट्यूवमा जंगीबाबाको चर्चा चुलिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय