उर्लाबारी । नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा) निकट राष्ट्रिय युवा संघ नेपालले रतुवामाईमा संगठत विस्तार आक्रमक रुपमा अघि बढाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे असंबैधानिक कदम चालेको विरोधसहित संगठन विस्तार अघि बढाएको हो । रतुवामाई अध्यक्ष निलम खड्काले युवाहरुलाई एकढिक्का बनाउन संगठन विस्तार तीब्र पारेको बताउनुभयो । रतुवामाई नगरपालिकाका हरेक वडामा युवा संघलाई चलयमान बनाउने उहाँको भनाई छ । केपी ओली समूहले केही दिनअघि गरेको युवा भेलामा कमजोर उपस्थिति रहेको थियो । युवाहरुलाई विभिन्न प्रलोभनमा पारेर ओली समूहले युवा तान्ने प्रयास गरेको भएपनि अधिकांश युवाहरुको रोजाई प्रचण्ड–माधब निकट राष्ट्रिय युवा संघ नेपाल परेको छ । हरेक वडा, टोलसम्म युवा संघले आफ्नो संगठन विस्तार गर्ने रणनीति बनाएको छ । ओली सरकारको असंवैधानिक कदमको विरोध स्वरुप मशाल जुलुसलगायत कार्यक्रमहरुसमेत गरिरहेको छ ।
ADVERTISEMENT