
उर्लाबारी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उर्लाबारी नगरपालिका वडा नम्बर ५ को प्रथम वडा अधिवेशनले गोपाल अधिकारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
शनिबार किरात राई यायोक्खा नगर समितिको सभाहलमा सम्पन्न भएको अधिवेशनले सदस्यहरुमा विष्णु भण्डारी, मालती खत्री श्रेष्ठ, सुभाष श्रेष्ठ र गोमा नेपाली चयन गरेको छ । नगर सभापति उमेशजंग थापालगायतका नेताहरुको उपस्थितिमा वडा भेला सम्पन्न भएको छ । पार्टीले उर्लाबारीमा संगठन विस्तार तीब्र पारेको छ ।