उर्लाबारी । राष्ट्रिय संगीतकर्मी संघ कोशी प्रदेश समितिको आयोजनामा वरिष्ठ कलाकार सिताराम ताजपुरिया र वरिष्ठ संगीतकार तथा गायक कृष्णभक्त राईलाई सम्मान गरिएको छ ।
शनिबार मोरङको उर्लाबारी–८ स्थित अरनिको माध्यमिक विद्यालयको सभाहलमा भएको स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०८२ मा ताजपुरिया र राईलाई सम्मान गरिएको हो । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले सम्मानपत्र र दोसल्ला ओढाएर उहाँहरलाई सम्मान गर्नुभएको छ । संघका प्रदेश अध्यक्ष लिलानाथ पौडेलको सभापत्विमा भएको उक्त कार्यक्रममा उर्लाबारी नगरपालिका वडा नं.९ का वडाध्यक्ष नरबहादुर मोक्तान, विशाल राईलगायतले बोल्नुभएको थियो । सांस्कृतिक कार्यक्रमका पूर्वका चर्चित कलाकारहरुले प्रस्तुति दिएका थिए । सम्मानित व्यक्तित्व सिताराम ताजपुरिया, कृष्णभक्त राईसहित छेसाङ तामाङ, सुरेश धिमाल, मुना तामाङलगायतको कलाकारहरुको प्रस्तुति समेत रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय