रतुवामाई / रतुवामाई नगरपालिकाले  श्रमिक दिवसका अवसरमा जुत्ता सिउने पेसामा आवद्ध मोची समुदायलाई विशेष सम्मान गर्ने भएको छ।

आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत “श्रमको सम्मान, राष्ट्रको अभियान” भन्ने मूल नारालाई आत्मसात गर्दै, नगरपालिकाले यहि बैशाख १८ गते अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सम्मान कार्यक्रम आयोजना गर्ने भएको हो ।
नगर क्षेत्रभित्र रहेका मोची समुदायका श्रमिकहरूको योगदानलाई कदर गर्दै उनीहरूलाई सम्मान गर्न लागिएको नगर प्रमुख नागेश्वर प्रसाद सिहले बनाताउनु भयो। नगरपालिकाले आफ्नो विवरण टिपाउनका लागि मोची समुदायका सबैलाई आगामी बैशाख १५ गतेभित्र आफु बसोबास गर्ने वडा कार्यालय वा नगरपालिका अन्तर्गत रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ।
श्रमिक वर्गको अधिकार, सम्मान र सामाजिक पहिचान प्रवर्द्धन गर्न नगरपालिकाले लिएको यो पहल सकारात्मक कदमको रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय