उर्लाबारी । मोरङको उर्लाबारीमा जारी छैटौं संस्करणको मेयर कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर १ विजयी भएको छ ।
वर्षातका बाबजुद मंगलबार सम्पन्न खेलमा वडा नम्बर १ ले वडा नम्बर २ लाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । मंगलबारे युवा क्लबको आयोजनामा भएको खेलमा वडा नम्बर १ का सुरेन राना मगरले टिमको जितका लागि दुई गोल गरे । वडा नम्बर २ का लक्ष्मण लिम्बुले एक गोल फर्काएपनि टिमलाई हारबाट बचाउन सकेनन् । १ नम्बर वडाका सुरेन राना मगर ‘म्यान अफ दि म्याच भए । उर्लाबारीका ९ वटै वडाले सहभागिता जनाएको सो प्रतियोगिताको फाइनल खेल बुधबार दिउँसो ३ बजे वडा नम्बर १ र वडा नम्बर ५ बीच हुनेछ । विजेता टोलीलाई नगद ७५ हजार, उपविजेतालाई ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय