उर्लाबारी । अखिल नेपाल सुकुम्बासी संघ उर्लाबारी नगर कमिटीको दोस्रो अधिवेशनले मानबहादुर शिवाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।
शनिबार नेकपा (माओवादी केन्द्र) उर्लाबारी नगर कमिटीको सभाहलमा भएको उक्त अधिवेशनले शिवालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । नगर कमिटीको उपाध्यक्षमा मदनबहादुर तामाङ, नारायण राजवंशी, सचिबमा युवराज बराल, सहसचिबमा सालबहादुर भुजेल र कोषाध्यक्षमा मुना धिमाल रहनुभएको छ । त्यस्तै, सदस्यहरुमा रिखि धमला, तित्रबहादुर दनुवार, प्रमोद शर्मा, विमला मगर, सुकमाया लिम्बू, रामवेद शर्मा, सुन्दर श्रेष्ठ, लिलामाया नेपाली, जोन राई, बद्री थारु, चतुर राई, मनकुमार बैजु, सन्तोष माझी, विक्रम राई र टिकाराम खत्री रहनुभएको छ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य विशेन्द्र चेम्जोङ, अखिल नेपाल सुकुम्बासी संघका केन्द्रीय सचिवालय सदस्य मित्रलाल भट्टराई, प्रदेश सदस्य तोया दाहाल, पार्टीका जिल्ला सदस्य दिनेश फुयाल, नगर उपाध्यक्ष राजिब लिम्बू, खगेन्द्र पराजुली, निर्मला रसाईली, सचिब पवन चौधरी, नगर सचिवालय सदस्य तथा उर्लाबारी–७ का इन्चार्ज सरोज बस्नेत, नगर सचिवालय सदस्य तथा उर्लाबारी–४ का इन्चार्ज राजेन्द्र बास्तोलालगायतको सहभागिता रहेको थियो । कार्यक्रम संघका अध्यक्ष बसन्त विकको सभापतित्वमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय