लेटाङ, वाईसीएल नेपाल लेटाङ नगर कमिटीको दोस्रो भेला सम्पन्न भएको छ। आज नेकपा माओवादी केन्द्र लेटाङ नगरको सम्पर्क कार्यालयमा गरिएको दोस्रो भेलाले सुरेन तामाङको अध्यक्षतामा २३ सदस्यीय समिति गरेको छ। भने सचिवमा रमेश मगर लाई चयन गरेको हो।
जमिन मग्रातीको अध्यक्षता सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि वाईसीएल नेपाल १ नम्बर प्रदेश ईन्चार्ज डम्बर पुलामी रहनुभएको थियो भने विशिष्ट अतिथि माओवादी केन्द्र मोरङ जिल्ला पार्टी सह इन्चार्ज प्रेम मिभक रहनुभएको थियो।
अतिथिहरु लेटाङ नगर पार्टीका सह ईन्चार्ज गोपाल नेपाली, नगर पार्टी अध्यक्ष भुपेश लिम्बू,वाईसीएल मोरङ जिल्ला ईन्चार्ज दिपक मगर, वाइसीएल मोरङ जिल्ला अध्यक्ष योगेश लिम्बु, केराबारी-९ नम्बर वडा पार्टी अध्यक्ष कमल लिम्बू लगायत रहनुभएको थियो।
वाईसीएल नेपाल नेकपा माओवादी केन्द्रको युवा संगठन हो। वाईसीएलले पार्टीका विभिन्न क्रियाकलाप मा सहयोगी भुमिका खेल्दै आएको छ। भने लेटाङमा पनि सुस्ताएको वाईसीएल ब्युझिएको उपस्थित अधिकाक्षब्नेताहरुको टिप्पणी रहेको छ।
भने यस संगठनले लेटाङ नगरपालिका भित्रका विभिन्न क्षेत्रमा भइरहेका बेतिथी र बिसङती विरुद्ध नीग्रानी राख्ने र जनताका जनजीवन सङ प्रत्यक्ष जोडिएर सहयोगी भुमिका निर्बाह गर्ने नव निर्वाचित वाईसीएल अध्यक्षले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय