
उर्लाबारी । मोरङको उर्लाबारीमा जारी छैटौं संस्करणको मेयर कप फुटबल प्रतियोगिताको शुक्रबारको खेलमा वडा नम्बर २ विजयी भएको छ ।
मंगलबारे युवा क्लबको आयोजनामा जारी खेलमा उर्लाबारी–२ ले वडा नं. ९ लाई ३–० गोल अन्तरले पराजित गरेको हो । वडा नं. २ को जितको लागि सन्दिप दाहालले दुई र मिङ मगरले १ गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच वडा नं. २ का दुई गोलकर्ता सन्दिप दाहाल भए । खेल संयोजक विजय माझीकाअनुुसार उर्लाबारीका ९ वटै वडाको सहभागिता रहेको सो प्रतियोगिताको फाईनल खेल यही वैशाख १० गते हुनेछ । सो प्रतियोगिताको विजेताले ७५ हजार नगद , उपविजेताले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गर्ने गरिने छ ।